Kathmandu Press

सात प्रहरीसहित पर्सा र बाराका ६६ जनामा कोरोना

पर्सा, भदौ २ : सात जना प्रहरीसहित पर्सा र बाराका ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिए....

सात प्रहरीसहित पर्सा र बाराका ६६ जनामा कोरोना

पर्सा, भदौ २ : सात जना प्रहरीसहित पर्सा र बाराका ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ६६ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ। उनीहरुमध्ये ५८ जना पर्साका र नौ जना बाराका बासिन्दा रहेको अस्पतालका डा.निरजकुमार सिंहले बताए।

कोरोना संक्रमण देखिएकाहरुमा १७ जना महिला र ४९ जना पुरुष रहेका छन्। त्यस्तै, पर्साको बहुदराई नगरपालिकाका २५ जना रहेका छन्। यस अघि संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा कोरोना देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार संक्रमण देखिएकामध्ये सात जना प्रहरी छन्। जिल्ला प्रहरी कार्यालय, पर्साका पाँच जना र विर्ता वडा प्रहरी कार्यालयका दुई जनामा कोरोना देखिएको हो।

अन्य संक्रमित वीरगञ्ज महानगरपालिकाकै छन्। उनीहरु वीरगञ्जको मुर्ति चोक र छपकैयका बासिन्दा हुन्।

त्यस्तै, बाराका नौ जना संक्रमितहरुमध्ये परसौनी गाउँपालिकाका चार जना, पिलुवाका तीन जना, सिम्रौनगढका एक जना र कलैयाका एक जना रहेको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १०:११ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्