Kathmandu Press

काभ्रेमा ९८ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु

काभ्रे, भदौ २ : कोरोना भाइरसको संक्रमणबाट काभ्रेमा ९८ वर्षीय वृद्धको मृत्यु भएको छ।

धुलिखेल नगरपालिका-७ का ९८ वर्षीय बृद्धलाई साउन २६ गते को....

काभ्रेमा ९८ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु

काभ्रे, भदौ २ : कोरोना भाइरसको संक्रमणबाट काभ्रेमा ९८ वर्षीय वृद्धको मृत्यु भएको छ।

धुलिखेल नगरपालिका-७ का ९८ वर्षीय बृद्धलाई साउन २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो।

उपचारका क्रममै गएराति १२ बजे मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनलाई श्वासप्रश्वास, घाटी र छातीको समस्या रहेको अस्पतालले जनाएको छ।

कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्न साउत २६ गते धुलिखेल अस्पताल लगिएको थियो। उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि धुलिखेल अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।

उनको प्लोज्मा थेरापीबाट उपचार गर्न खोजिएको थियो। तर, कोरोनाबाट निको भएका मान्छेको रगत नमिलेको अस्पतालले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय आठ पुगेको छ। त्यस्तै देशभर संक्रमितको संख्या २७ हजार एक सय ४१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०९:४३ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्