चितवनमा ४६ जनासहित ५० जनामा देखियो कोरोना संक्रमण
काठमाडौं, भदौं २ : चितवनमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४६ जनासह....

काठमाडौं, भदौं २ : चितवनमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४६ जनासहित ५० जनामा कोरोना पुष्टि भएको हो।
अस्पतालले भदौ १ गते ३५५ नमुना परिक्षण गरेकोमा ५० जनाको पोजेटिभ आएको जानकारी दिएको हो ।
प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा चितवन जिल्लाका ४६ जना रहेका छन् भने मकवानपुरका एक जना, बाराका दुई जना र गोरखाका एक जना रहेका छन्।
प्रकाशित मिति: ०७:१८ बजे, मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











