भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो
काठमाडौं, भदौं २ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख नाघेको छ । भारतमा एकैदिन ५४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
....

काठमाडौं, भदौं २ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख नाघेको छ । भारतमा एकैदिन ५४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ५४ हजार २८८ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २७ लाख १ हजार ६०४ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७६ हजार २४८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७३ हजार ४३१ जनाको उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ८८० जनाको मृत्यु भएको छ । यो सँगै भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ९२५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:५९ बजे, मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार