वागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण
काठमाडौं, भदौ १ : वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रादेशिक प्रयोगशाला, हेटौँडामा सोमबार ग....

काठमाडौं, भदौ १ : वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रादेशिक प्रयोगशाला, हेटौँडामा सोमबार गरिएको परीक्षणमा उपसभामुख तामाङलाई कोरोनाको संक्रमण पुष्टि भएको हो। उपसभामुख तामाङसहित उनका छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।
नुवाकोटाको दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका क्रममा उपभासमुख तामाङको स्वाब परीक्षण गरिएको थियो।
सभामुख तामाङ र उनका छोराको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १९:२० बजे, सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











