एलपी ग्यास संघको चेतावनी–माग सम्बोधन नभए फेरि आन्दोलनमा उत्रिन्छौँ
काठमाडौं, चैत १२: सरकारले आफ्ना माग पूरा गर्ने विषयमा चासो नदिएको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलन गर्ने चेतावनी दिएको छ।
....
काठमाडौं, चैत १२: सरकारले आफ्ना माग पूरा गर्ने विषयमा चासो नदिएको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलन गर्ने चेतावनी दिएको छ।
संघले मंगलबार पत्रकार सम्मेलन गरी विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको हो। एलपी ग्यास संघका अध्यक्ष गोकुल भण्डारीले सरकारले माग सम्बोधन गर्न चासो नभएकाले आफूहरु फेरि आन्दोलनमा उत्रिन बाध्य हुने अवस्था आएको बताए।
संघले ग्यासमा कमिसन बढाउन पाउनु पर्ने, एलपिले निजी ग्यास बुलेट सञ्चालन गर्न पाउनु पर्ने, कोटा निर्धारण गर्नुपर्ने, ग्यासको बिक्री मूल्य कटौती गरी एकरुपता कायम गर्नुपर्ने, सिलिण्डर तथा ग्यास दुर्घटनाको बीमा गर्नुपर्ने लगायतका माग गर्दै आएको छ।
नेपाल आयल निगमले १५ दिनभित्र व्यवसायीको मागबारे अध्ययन गरी १५ दिनभित्र सुझाव पेस गर्ने, एलपीजीलगायत पेट्रोलियम पदार्थको व्यवस्था तथा समग्री सुधारका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक उच्चस्तरीय समिति गठन गर्ने र ग्यास उद्योगी व्यवसायीले ग्यासको बिक्री वितरण सुचारु गर्ने सहमति यसअघि नै भएपनि सरकारले कुनै पनि कदम नचालेको संघको आरोप छ।











-1754206481.jpg)