इलामको क्वारेन्टानमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ
इलाम, भदौ १ : इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
इलाम, भदौ १ : इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए।
उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए। उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ।
रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ।
प्रकाशित मिति: १३:२० बजे, सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार