Kathmandu Press

लिदी पहिरो : थप तीन शव भेटिए, मृतकको संख्या २२ पुग्यो

सिन्धुपाल्चोक, भदौ १ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गाउँमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ। योसँगै प....

लिदी पहिरो : थप तीन शव भेटिए, मृतकको संख्या २२ पुग्यो

सिन्धुपाल्चोक, भदौ १ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गाउँमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ। योसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार सोमबार बिहान तीन शव भेटिएका हुन्। यसअघि आइतबार साँझसम्म १९ शव भेटिएका थिए।शुक्रबार बिहान गएको पहिरोमा ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए। उनीहरुमध्ये सोमबार बिहानसम्म २२ जनाको शव भेटिएको छ। अझै १७ जना बेपत्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबारसम्म ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, आठ वर्षीय मिलन दोङ, आठ वर्षीया सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया दावाल्हामु दोङ, पाँच वर्षीया प्रीति दोङ, पाँच महिने बालिका  कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, चार महिने बालक रेमिस दोङ र १६ वर्षीय माइलापराङ दोङको शव भेटिएको छ।

त्यस्तै, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षीया च्यामा दोङ, सात वर्षीया बालिका विमला दोङ, सात महिने बालक कबिर दोङ, ११ वर्षीया लक्ष्मी दोङ, १२ वर्षीय हिन्दुस दोङ, ३० वर्षीय मानबहादुर दोङ, २२ वर्षीय छविलाल दोङ, ६ वर्षीय सुमन दोङ र १० वर्षीय सुरज दोङको शव भेटिएको प्रहरीले जनाएको छ।

पहिरोमा बेपत्ता भएका १७ जनाको खोजी भइरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दा खोजीमा जुटेका छन्।

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्