Kathmandu Press

कालिमाटी प्रहरी वृत्तमा राखिएका थुनुवामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १ : काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी वृतमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। 

काठमाडाैं प्....

कालिमाटी प्रहरी वृत्तमा राखिएका थुनुवामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १ : काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी वृतमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। 

काठमाडाैं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार अनुसन्धानका लागि थुनामा राखिएका एक पुरुषमा संक्रमण पुष्टि भएको हो। चार दिनअघि गरिएको स्वाब परीक्षणको आइतबार आएको रिपोर्टमा उनमा कोरोनाको संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ। संक्रमित पुरुषसँगै रहेका अन्य १५ जनालाई क्वारेन्टाइनमा राखिएको ज्ञवालीले बताए। 

प्रकाशित मिति: १२:४३ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्