Kathmandu Press

बालुवाटारमा ओली, दाहाल र देउवाबीच छलफल सुरु 

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल....

बालुवाटारमा ओली, दाहाल र देउवाबीच छलफल सुरु 

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल सुरु भएको छ।

बालुवाटारमा भइरहेको तीन नेताबीच विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति, विश्वविद्यालयमा रिक्त रहेका पदाधिकारी नियुक्ति तथा कोरोना महामारी नियन्त्रण र रोकथामका बारेमा छलफल हुने बताइएको छ।

देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हन्।  नेकपाको सचिवालय बैठक सकिएसँगै सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्