Kathmandu Press

नेकपा सचिवालयबाट महासचिव पौडेल नेतृत्वको कार्यदल अनुमोदन

काठमाडौं, भदौ १ : पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदललाई नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले औपचारिकता प्रदान गरेको छ। बा....

नेकपा सचिवालयबाट महासचिव पौडेल नेतृत्वको कार्यदल अनुमोदन

काठमाडौं, भदौ १ : पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदललाई नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले औपचारिकता प्रदान गरेको छ। बालुवाटारमा सोमबार बसेको बैठकले सचिवालयलाई अनुमोदन गर्दै औपचारिकता प्रदान गरेको हो। 

अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधानका लागि गठन गरेको कार्यदललाई सचिवालयले अनुमोदन गर्नुपर्ने माग वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालको र प्रवक्ता नारायणकाजी श्रेष्ठको थियो। ‘सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको छ त्यसको कार्यदेशको विषयमा पनि परामर्श भइरहेको छ,’ सचिवालय सदस्य वरिष्ठ नेता खनालले काठमाडौँ प्रेससँग भने। 

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन्। कार्यदलले गत शनिबार देखि आफ्नो कामको थालनी गरेको थियो।

प्रकाशित मिति: १२:१७ बजे, सोमबार, भदौ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्