Kathmandu Press

नेकपा सचिवालयको बैठक कार्यदल अनुमोदन गर्ने निर्णयसहित सकियो

काठमाडौं, भदौ १ : नेकपा सचिवालयको सोमबार बसेको बैठक सकिएको छ।

बैठकले पार्टीको विवाद समाधानको लागि गठित कार्यदललाई अनुमोदन गर्ने निर्णय गरेको....

नेकपा सचिवालयको बैठक कार्यदल अनुमोदन गर्ने निर्णयसहित सकियो

काठमाडौं, भदौ १ : नेकपा सचिवालयको सोमबार बसेको बैठक सकिएको छ।

बैठकले पार्टीको विवाद समाधानको लागि गठित कार्यदललाई अनुमोदन गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकले कार्यदललाई अनुमोदन गर्दै बधाई ज्ञापन गरेको बताए।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि गठित कार्यदललाई सचिवालयले अनुमोदन गरेको हो।

दुई अध्यक्षले मात्र कार्यदल गठन गरेपछि असन्तुष्टि जनाएपछि आज सचिवालय बैठक बोलाइएको थियो।

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्