Kathmandu Press

हिरासतमा रहेका दुई थुनुवामा कोरोना संक्रमण

काठमाडौं, भदौ १ : जिल्ला प्रहरी कार्यालय सुनसरीका दुई जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। ज्यान मार्ने उद्योगमा तीन दिन अघि प्रक्राउ परेका दुई ....

हिरासतमा रहेका दुई थुनुवामा कोरोना संक्रमण

काठमाडौं, भदौ १ : जिल्ला प्रहरी कार्यालय सुनसरीका दुई जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। ज्यान मार्ने उद्योगमा तीन दिन अघि प्रक्राउ परेका दुई जनामा संक्रमण पुष्टि भएको हो। 

दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि हिरासतमा रहेका अन्य १२ जनाको पनि स्वाब संकलन गरी परीक्षण गरिएको थियो। अन्यको भने रिपोर्ट नेगेटिभ आएको कार्यालयका प्रवक्ता डिएसपी विनोद शर्माले बताए।

संक्रमण पुष्टि भएका दुई जनालाई छुट्टै राखिएको र उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको उनले बताए।

प्रकाशित मिति: ११:३९ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्