भारतबाट आएका २२ वर्षीय युवकको क्वारेन्टाइनमा मृत्यु
इलाम, भदौ १ : भारतबाट आएका इलामका २२ वर्षीय युवकको क्वारेन्टाइनमै मृत्यु भएको छ।
इलामको सूर्योदय नगरपालिकास्थित करफोक विद्या मन्दिरमा रहेको ....

इलाम, भदौ १ : भारतबाट आएका इलामका २२ वर्षीय युवकको क्वारेन्टाइनमै मृत्यु भएको छ।
इलामको सूर्योदय नगरपालिकास्थित करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसिरहेका युवकको आइतबार राति मृत्यु भएको हो। उपचार नपाएर मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्।
उनी साउन २६ गते भारतको हैदरबादबाट आएका थिए। त्यहि दिनदेखि उनलाई क्वारेन्टाइनमा राखिएको थियो।
उनको साउन ३० गते स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय, इलामका कोरोना फोकल पसर्न बिमल बरालले बताए। अझै रिपोर्ट नआएको बरालले बताए। क्वारेन्टाइनमा बसिरहेका युवक आइतबार एकाएक बिरामी परेका थिए। उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो।
स्थानीय प्राथमिक स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेको थियो। उनीहरु सामान्य उपचार गरेर फर्केपछि आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ।
उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ। उनी सूर्योदय नगरपालिका ९ का बासिन्दा हुन्।











