Kathmandu Press

हेटौंडामा पनि थपियो निषेधाज्ञा

हेटौंडा, भदौ १ : कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आजदेखि भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा थपेको छ।

....

हेटौंडामा पनि थपियो निषेधाज्ञा

हेटौंडा, भदौ १ : कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आजदेखि भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा थपेको छ।

यसअघि साउन २६ गतेदेखि साउन ३२ गेतसम्म निषेधाज्ञा जारी भएको थियो। हेटौंडास्थित जिल्ला प्रशासन कार्यालय, मकवानपुरको कोरोना सङ्कट व्थवस्थापन केन्द्रको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए। निषेधाज्ञा विगतको तुलनामा कडा पारिने उनको भनाइ छ।

निषेधाज्ञाको समयमा बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म पसल खुला रहनेछन्। त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ।

साथै हेटौंडा उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरिएको छ। सुरक्षा सतर्कता पनि बढाइएको छ।

जिल्ला बाहिरबाट भित्र तथा जिल्ला भित्रबाट बाहिरको आवागमनममा पनि रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। (रासस)

प्रकाशित मिति: १०:३० बजे, सोमबार, भदौ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्