Kathmandu Press

आजदेखि पाँचौँ चरणको उद्धार उडान

काठमाडौं, भदौ १ : कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुँदै छ।

नेपालका दुई न....

आजदेखि पाँचौँ चरणको उद्धार उडान

काठमाडौं, भदौ १ : कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुँदै छ।

नेपालका दुई नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगस्ट १७ देखि चार्टर्ड उडान गर्न लागेका हुन्।

नेपाल एयरलाइन्सले भदौ १५ गतेसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले भदौ १४ गतेसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेको छ। सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भएपनि कोरोना महामारी राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीव्ररुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ।

विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछ। सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ। तीमध्ये दुई सय जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने तीन सय जना आफैँले टिकट काटेर आउनेछन्।

स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को विवरणअनुसार साउन ३० गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५१ हजार चार सय ४१ रहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाबाट तथा फ्लाई दुबईले दुबईबाट नेपालीको उद्धार उडान गरी स्वदेश फर्काउने तालिका छ। (रासस)

प्रकाशित मिति: १०:१० बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्