Kathmandu Press

पर्सामा मेयरसहित ९२ जनामा कोरोना संक्रमण

वीरगञ्ज, भदौ १ : पर्सामा मेयरसहित ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार आइतबार साँझ आएको रि....

पर्सामा मेयरसहित ९२ जनामा कोरोना संक्रमण

वीरगञ्ज, भदौ १ : पर्सामा मेयरसहित ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार आइतबार साँझ आएको रिपोर्टमा पोखरिया नगरपालिका मेयर दीपनारायणप्रसाद रौनियारसहित ९२ जनामा कोरोना संक्रमण देखिएको हो। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

वीरगञ्ज महानगरपालिका ११ श्रीपुरमा साउन २६ गते संकलन गरिएको स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना देखिएको थियो। त्यस्तै, साउन २७ गते त्रिजुद्ध स्कुलमा गरिएको परीक्षणमा २७ जनामा कोरोना देखिएको थियो।

उनीहरुको सम्पर्कमा आएका एक हजारभन्दा बढी व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो। उनीहरुको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको थियो। आइतबार साँझ आएको रिपोर्टमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएका व्यक्तिहरु पर्साका विभिन्न स्थानीय तहका बासिन्दा रहेका छन्। उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको जनाएको छ।

प्रकाशित मिति: ०९:५१ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्