Kathmandu Press

आजको मौसम : हल्कादेखि मध्यम बर्षाको सम्भावना 

काठमाडौं, भदौं १ : मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 बंगालको खाडीमा बनेको....

आजको मौसम : हल्कादेखि मध्यम बर्षाको सम्भावना 

काठमाडौं, भदौं १ : मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएका कारण वर्षा भइरहेको हो । अहिले (बिहान) देशभर आंशिक देखि सामान्य बदलीको रही प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थान र बांकी प्रदेशका एकदुई स्थानहरुमा वर्षा भइरहेको विभागको भनाइ छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही  केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  आजै राति गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: ०८:५७ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्