Kathmandu Press

नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिएको छ : राष्ट्रपति भण्डारी

काठमाडौं, साउन ३२ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवा....

नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिएको छ : राष्ट्रपति भण्डारी

काठमाडौं, साउन ३२ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेट गरेकी छन्।

सो अवसरमा  राष्ट्रपतिले उनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न  गरेकोमा बधाई दिँदै भविष्यमा नेपाल र बङ्‌गलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले नेपाल र बङ्गलादेशलाई प्रकृतिले दिएको स्रोतसाधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने  बताउँदै एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्‌लादेशसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिएको स्पष्ट पारिन्। यही वर्ष  बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धुको सयौंँ वार्षिकोत्सव भएकाले सम्पूर्ण बङ्‌गलादेशी जनतालाई उनले बधाई तथा शुभकामना पनि दिएकी छन्।

प्रकाशित मिति: १९:१० बजे, आइतबार, साउन ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्