कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं, साउन ३२ : नेपालमा कोरोना संक्रमणबाट गत २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.....

काठमाडौं, साउन ३२ : नेपालमा कोरोना संक्रमणबाट गत २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा जिल्लाका एक पुरुष र मोरङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ। जसमध्ये ८१ पुरुष र २३ महिला रहेका छन्।
प्रकाशित मिति: १६:५२ बजे, आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











