Kathmandu Press

थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३२ : नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जना....

थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३२ : नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। संक्रमितमध्ये १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार आइतबारमात्रै कोरोनालाई जितेर १३४ जना घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टमा १२ हजार दुई सय ४७ जनाको नमुना पीसीआर बिधिबाट परीक्षण गरिएको छ। 

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, साउन ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्