काठमाडौं महानगरभित्र कहाँ कति छन् कोरोना संक्रमित ?
काठमाडौं, साउन ३२ : पछिल्ला केही साता यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ। खासगरी सरकारले साउन ६ गतेबाट लकडाउन खोल्ने निर्णय गरेसँग....

काठमाडौं, साउन ३२ : पछिल्ला केही साता यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ। खासगरी सरकारले साउन ६ गतेबाट लकडाउन खोल्ने निर्णय गरेसँगै उपत्यकामा संक्रमण फलैँदो छ। अझ साउन १५ यता भने संक्रमण तिव्ररुपमा फैलिरहेको छ। काठमाडौं महानगरपालिका भित्र मात्रै ७५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यस्तै चार जनाको मृत्यु भइसकेको छ।
तर, महानगरपालिकाको जनस्वास्थ्य महाशाखासँग भने ६५८ जनाको मात्रै तथ्यांक छ। महाशाखाका वरिष्ठ निर्देशक ज्ञानबहादुर ओलीका अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गतको महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र ठूला अस्पतालबाहेकको विवरण राखेको छ। यी दुई निकायले महानगरलाई सबै तथ्यांक उपलब्ध गराएका छैनन्। जस कारण महानगर क्षेत्रमा पुष्टि भएका कोरोना संक्रमितको संख्या तल माथि भएको ओलीको भनाइ छ।
ओलीका अनुसार महानगरका ३२ मध्ये ३१ वडामा कोरोना संक्रमित छन्। २ नम्बर वडामा भने अहिलेसम्म संक्रमण नदेखिको महाशाखाले जनाएको छ। महानगरले राखेको विवरण अनुसार सबैभन्दा धेरै संक्रमित वडा नम्बर ४ मा देखिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएको पोजेटिभ केसका कारण चार नम्बर वडामा संक्रमितको संख्या धेरै देखिएको हो।
कुन वडामा कति संक्रमित?
- वडा नम्बर १ : ३७ जना
- वडा नम्बर ३ : ३४ जना (प्रहरी अस्पतालबाहेक)
- वडा नम्बर ४ : ६१ जना (अख्तियारसहित)
- वडा नम्बर ५ : १७ जना
- वडा नम्बर ६ : १५ जना
- वडा नम्बर ७ : १० जना
- वडा नम्बर ८ : १० जना
- वडा नम्बर ९ : ५ जना
- वडा नम्बर १० : ३८ जना
- वडा नम्बर ११ : १९ जना
- वडा नम्बर १२ : १२ जना
- वडा नम्बर १३ : ३३ जना
- वडा नम्बर १४ : ५६ जना
- वडा नम्बर १५ : १३ जना
- वडा नम्बर १६ : ४६ जना
- वडा नम्बर १७ : १४ जना
- वडा नम्बर १८ : १ जना
- वडा नम्बर १९ : १ जना
- वडा नम्बर २० : १ जना
- वडा नम्बर २१ : १ जना
- वडा नम्बर २२ : चार जना
- वडा नम्बर २३ : १० जना
- वडा नम्बर २४ : २५ जना
- वडा नम्बर २६ : १७ जना
- वडा नम्बर २७ : ३४ जना
- वडा नम्बर २८ : २७ जना
- वडा नम्बर २९ : ३० जना
- वडा नम्बर ३० : १४ जना
- वडा नम्बर ३१ : २८ जना
- वडा नम्बर ३२ : ५५ जना











