कोरोना जितेर डिस्चार्ज भएको केही घन्टामै मृत्यु
वीरगञ्ज, साउन ३२ : कोरोना भाइरसको संक्रमणबाट निको भएर डिस्चार्ज भएको केही घन्टामै पर्साको वीरगञ्जका एक जनाको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपा....

वीरगञ्ज, साउन ३२ : कोरोना भाइरसको संक्रमणबाट निको भएर डिस्चार्ज भएको केही घन्टामै पर्साको वीरगञ्जका एक जनाको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका १३ का ५५ वर्षीय पुरुष कोरोना मुक्तभएपछि शनिबार राति नारायणी अस्पतालअन्तर्गत कोरोना विशेष अस्थायी अस्पताल वीरगन्ज हेल्थ केयरबाट डिस्चार्ज भएका थिए। उनको नारायणी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो।
कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शनिबार राति डिस्चार्ज गरिएको थियो। उनलाई झाडापखालाको समस्या थियो भने अक्सिजनको मात्रा पनि कम रहेको थियो।
कोरोना निको भएकाले कोभिड अस्पतालमा राख्न नमिल्ने भन्दै राम्रो अस्पतालमा उपचार गराउन चिकित्सकले सल्लाह दिएका थिए।
चिकित्सकहरुको सल्लाहअनुसार, उनका परिवारजनले कोरोना अस्पतालबाट डिस्चार्ज भएपछि वीरगञ्जकै नारायणी बयोधा अस्पताल भर्ना गरेका थिए। त्यहाँ उनको आईसीयुमा राखेर उपचार सुरु गरिएको थियो।
शनिबार राति ११ः३० बजे उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी बयोधा अस्पतालले जनाएको छ। उनको शव अस्पतालमै छ। परिवारजनले बुझ्न मानेका छैनन्।
उनको फेरि कोरोना परीक्षण गर्न परिवारजनले माग गरेका छन्। नारायणी कोभिड अस्पतालले कोरोना रिपोर्ट गलत भएको परिवारजनको आरोप छ। कोरोनाबाट निको नहुँदौ डिस्चार्ज गरेकाले उनको मृत्यु भएको आफन्तजले गुनासो गरेका छन्।











