Kathmandu Press

नेपाल प्रहरीका दुई डिआइजीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३२ : नेपाल प्रहरीका दुई जना डिआइजीमा कोरोना संक्रमण पुष्टि भएको छ। महाराजगञ्जस्थित प्रहरी अस्पतालमा गरिएको परीक्षणमा प्राविधिकतर्फका दु....

नेपाल प्रहरीका दुई डिआइजीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३२ : नेपाल प्रहरीका दुई जना डिआइजीमा कोरोना संक्रमण पुष्टि भएको छ। महाराजगञ्जस्थित प्रहरी अस्पतालमा गरिएको परीक्षणमा प्राविधिकतर्फका दुई डिआइजीमा संक्रमण पुष्टी भएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार बिहीबार गरिएको अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षणको रिपोर्ट शनिबार बिहान आएको थियो। जसमा दुई जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए।

आइतबारसम्म प्रहरी हेडक्वार्टरका एक सय ५५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

साथै महानगरीय प्रहरी कार्यालाय रानीपोखरीमा कार्यरत ३० जना प्रहरीमा पनि संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, साउन ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्