Kathmandu Press

बुटवलका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३२ : बुटवलका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

आइतबार बिहान आएको नतिजामा थप १६ जनामा संक्रमण पुष्टि भएको उपमहान....

बुटवलका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३२ : बुटवलका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

आइतबार बिहान आएको नतिजामा थप १६ जनामा संक्रमण पुष्टि भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले बताए।

संक्रमित हुनेमा बुटवल उपमहानगरपालिकाका ३ कर्मचारी समेत रहेका छन्।

योसहित बुटवल उपमहानगरमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ। 

उपमहानगरमा अहिले कन्ट्याक्ट ट्रेसिङ र समुदाय स्तरमा कोरोना परीक्षण भइरहेको छ।

प्रकाशित मिति: १२:४९ बजे, आइतबार, साउन ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्