Kathmandu Press

पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

चितवन, साउन ३२ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ।

पूर्वी चितवनको रत्ननगर, खैरहनी, काल....

पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

चितवन, साउन ३२ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ।

पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आज राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बरालले बताइन्।

उनले भनिन्, 'कोरोनाको महामारी फैलिएको छ। अब निषेधाज्ञा जारी नगरे हिँडडुल रोक्न सकिएला जस्तो छैन।' प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको बताए। यससँगै प्रशासनले आजै सूचना जारी गरि निषेधाज्ञा गर्ने भएको छ। 
त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा समेत कोरोना परीक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको वरालले जानकारी दिइन्।

प्रकाशित मिति: १२:०७ बजे, आइतबार, साउन ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्