Kathmandu Press

विराटनगरमा ४३ जनालाई कोरोना भाइरसको संक्रमण

विराटनगर, साउन ३२ : मोरङको विराटनगर महानगरपालिकामा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

आइतबार बिहान आएको कोरोना परीक्षण रिपोर्टमा....

विराटनगरमा ४३ जनालाई कोरोना भाइरसको संक्रमण

विराटनगर, साउन ३२ : मोरङको विराटनगर महानगरपालिकामा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

आइतबार बिहान आएको कोरोना परीक्षण रिपोर्टमा महानगरका ४३ जनालाई संक्रमण देखिएको हो। महानगरका अनुसार संक्रमितहरुमध्ये ३० पुरुष र १३ महिला रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।

उनका अनुसार संक्रमितहरु पाँचदेखि ६३ वर्षसम्मका छन्। योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या पाँच सय २३ पुगेको छ।

विराटनगरमा साउन २७ र २८ गते स्वाब संकलन गरिएको थियो। त्यसको रिपोर्ट आइतबार बिहान आएको हो।

कोरोना देखिएकाहरु विराटनगर वडा नं. २ का चार जना, वडा नं. ३ का ६ जना, वडा नं. ४ का तीन जना र वडा नं.५ का चार जना रहेको छन्। त्यस्तै, वडा नं. ६ का सात जना, वडा नं. ८ का एक, वडा नं. ९, ११ र १५ का ६र६ जनामा कोरोना संक्रमण देखिएको छ।

 

प्रकाशित मिति: १२:०० बजे, आइतबार, साउन ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्