धरानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
सुनसरी, साउन ३२ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको तीनपैनीकी ५० वर्षीया महिलाको कोरोना भा....

सुनसरी, साउन ३२ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको तीनपैनीकी ५० वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
गएराति उपचारका क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले बताए। उनका अनुसार ति महिला साउन ३१ गते राति अस्पताल भर्ना भएकी थिइन्। उनलाई एक सातादेखि उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएको थियो।
उनलाई प्रतिष्ठानमा ल्याउन अघि मोरङकै विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गरिएको थियो। न्यूरो अस्पतालका चिकित्सकले कोरोना संक्रमण भएको शंका गरेर प्रतिष्ठानमा रिफर गरेका थिए।
उनी मुटु, थाइराइड र फोक्साको समस्याबाट पीडित थिइन्। यस अघि उनको दिल्लीमा उपचार गरिएको प्रवक्ता प्रा.डा.सापकोटाले बताए।











