Kathmandu Press

विदेशमा रहेका ५९ हजार नेपालीमा कोरोना संक्रमण

काठमाडौं, साउन ३२ : विदेशमा रहेका ५९ हजारभन्दा बढी नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९....

विदेशमा रहेका ५९ हजार नेपालीमा कोरोना संक्रमण

काठमाडौं, साउन ३२ : विदेशमा रहेका ५९ हजारभन्दा बढी नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका अनुसार अहिलेसम्म विभिन्न देशमा ५९ हजार चार सय ११ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन्। उनीहरुमध्ये ८३ प्रतिशत अर्थात् ४८ हजार पाँच सय चार जना निको भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले बताए।

त्यस्तै, अहिलेसम्म नेपालसहित विश्वभर दुई सय ९३ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान गएको एनआरएनए कोभिड समितिका प्रेस संयोजक चिरन शर्माले बताए।

केही सातायता भने ज्यान गुमाउनको संख्यामा घटेको छ। गत साता विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाउनु नपरेको उनले बताए।

एनआरएनए स्वास्थ्य समितिका अनुसार अहिलेसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। शनिबार साँझसम्म  भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणमा सामान्य वृद्धि भएपनि अन्य देशमा भने कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ।

 

प्रकाशित मिति: १०:२१ बजे, आइतबार, साउन ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्