Kathmandu Press

पर्सा र बाराका ४७ जनामा कोरोना संक्रमण

वीरगञ्ज, साउन ३२ : पर्सा र बाराका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गएराति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा....

पर्सा र बाराका ४७ जनामा कोरोना संक्रमण

वीरगञ्ज, साउन ३२ : पर्सा र बाराका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गएराति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ४५ र बाराका दुई जनामा कोरोना देखिएको अस्पतालमा डा.निरज सिंहले बताए। उनका अनुसार उनीहरुमध्ये १० जना महिला छन्।

अस्पतालका नयाँ संक्रमितहरुमध्ये पोखरिया नगरपालिकाका १२, पर्सागढी नगरपालिकाको बागबाना र पचरुखीमा दुई तथा बहुदरमाई नगरपालिकाको भौराटारमा पनि एक जनामा कोरोना देखिएको छ।

पर्साकै बिन्दवासनी र देवरवानामा दुई जनालाई संक्रमण भएको छ। अन्य संक्रमितहरु वीरगञ्जकाे विभिन्न स्थानका रहेकाे अस्पतालले जनाएकाे छ।

प्रकाशित मिति: १०:०३ बजे, आइतबार, साउन ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्