Kathmandu Press

भारतमा कोरोनाबाट ५० हजार वढीको मृत्यु, १८ लाख वढी निको भए 

काठमाडौं, साउन ३२ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतम....

भारतमा कोरोनाबाट ५० हजार वढीको मृत्यु, १८ लाख वढी निको भए 

काठमाडौं, साउन ३२ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतमा आइतबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ९८६ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ६० हजार ६७२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार ४५२ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: ०६:४२ बजे, आइतबार, साउन ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्