Kathmandu Press

कोरोना संक्रमणबाट थप तीनको मृत्यु, मृतकको संख्या एक सय नाघ्यो

काठमाडौं, साउन ३१ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। 

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको....

कोरोना संक्रमणबाट थप तीनको मृत्यु, मृतकको संख्या एक सय नाघ्यो

काठमाडौं, साउन ३१ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। 

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए। 

प्रवक्ता गाैतमका अनुसार कोरोनाको संक्रमणबाट कपिलवस्तुको मायादेवी गाउँपालिका–७, का ४० वर्षीय पुरुष, पर्सा वीरगञ्ज महानगरपालिका–१२, का ६० वर्षीय पुरुष र धनुषा जनकनन्दनी गाउँपालिका–४, का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ।  

प्रकाशित मिति: १६:३५ बजे, शनिबार, साउन ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्