Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित

काठमाडौं, साउन ३१ :  काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यक....

काठमाडौं उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित

काठमाडौं, साउन ३१ :  काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। संक्रमितमध्ये १७ हजार २०१ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर १२४ जना घर फर्किएका छन्। 
 
प्रकाशित मिति: १६:३० बजे, शनिबार, साउन ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्