प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काठमाडौं, साउन ३१ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ।
भारतको ७४ औं स्वतन्त्रत....

काठमाडौं, साउन ३१ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ।
भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी माेदीलाई टेलिफोनमा शुभकामना दिएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद भएको बताए।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भएको कुराकानीबारे अन्य जानकारी परराष्ट्र मन्त्रालयले दिने उनले बताए।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर नयाँ नक्सा जारी गरेयता प्रधानमन्त्री ओली र उनका समकक्षीबीच कुराकानी भएको थिएन।
प्रकाशित मिति: १४:३६ बजे, शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











