Kathmandu Press

कार्यदलबारे नेकपामा उठ्यो प्रश्न, सचिवालय बैठकबाट कार्यादेश दिनुपर्ने नेताहरूको माग 

काठमाडाैं, साउन ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको कार्यदलप्रति शीर्ष नेताहरुले आपत्ति जनाएका छन्।

शनिबार अ....

कार्यदलबारे नेकपामा उठ्यो प्रश्न, सचिवालय बैठकबाट कार्यादेश दिनुपर्ने नेताहरूको माग 
फाइल

काठमाडाैं, साउन ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको कार्यदलप्रति शीर्ष नेताहरुले आपत्ति जनाएका छन्।

शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको छलफलमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलको कार्यादेश प्रष्ट नभएको भन्दै प्रश्न उठाएका हुन्।

भेटमा सहभागी नेताहरुले सचिवालयको बैठक राखेर कार्यदललाई काम दिनुपर्ने माग समेत गरेका छन्।

'पार्टीको सचिवालय, स्थायी कमिटीले समाधान गर्न नसकेको विवाद समाधानका लागि कार्यदल गठन भएको छ। त्यसले गर्ने काम के हो त्यो चाहिँ अहिलेसम्म तय भएको छैन। सचिवालयको बैठकमा त्यसको औचित्य पुष्टि गर्दै कार्यादेश समेत प्रष्ट हुनुपर्छ भन्ने हाम्रो माग छ,' वरिष्ठ नेता झलनाथ खनालले भने।

नेकपा विवाद समाधानका लागि शुक्रबार ६ सदस्यीय कार्यदल गठन भएको थियो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र शंकर पोखरेल सदस्य छन्। 

अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीको विवाद समाधानका लागि लिखित प्रस्ताव ल्याउने जिम्मेवारी कार्यदललाई दिएका छन्।  कार्यदलले शनिबारबाटै छलफल सुरु गरिसकेको छ।

प्रधानमन्त्री ओलीको राजीनामाको विषय, वैचारिक विवादका कुरामा कार्यदल कसरी अघि बढ्ने भन्ने कुरामा भने कार्यदल नै अलमलमा परेको छ। यद्यपी विवाद समाधानका लागि सर्वपक्षीय सुझाव समेटेर तीन दिनभित्रै लिखित प्रस्ताव पेश गर्ने संयोजक पौडेलले दाबी गर्दै आएका छन्।
 

प्रकाशित मिति: १३:५८ बजे, शनिबार, साउन ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्