Kathmandu Press

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, साउन ३१ : गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

क्षयरोग उपचार केन्द्र, पोखरामा शनिबार गरिएको परीक्ष....

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, साउन ३१ : गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

क्षयरोग उपचार केन्द्र, पोखरामा शनिबार गरिएको परीक्षणमा थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरु कास्कीमा तीन जना, तनहुँ र बाग्लुङमा दुई–दुई जना, गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीका एक–एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु  शर्माले जानकारी दिए। 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ९२ पुगेको छ।

प्रकाशित मिति: ११:२० बजे, शनिबार, साउन ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्