Kathmandu Press

बागलुङमा पहिरोले घर पुरियो, दुई जनाको मृत्यु

बागलुङ, साउन ३१ : बागलुङको निसीखोला गाउँपालिका– ५ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। 

गएराति दुई बजेतिर स्थानीय हिराब....

बागलुङमा पहिरोले घर पुरियो, दुई जनाको मृत्यु

बागलुङ, साउन ३१ : बागलुङको निसीखोला गाउँपालिका– ५ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। 

गएराति दुई बजेतिर स्थानीय हिराबहादुर विकको घर पहिरोले पुरिँदा उनका १४ वर्षीय छोरा वीरेन्द्र विक र नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। 

उनका अनुसार पहिरोमा परी हिराबहादुरकी श्रीमती दिलसरा घाइते भएकी छिन्। घाइते दिलसराको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 
प्रकाशित मिति: १०:५७ बजे, शनिबार, साउन ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्