Kathmandu Press

सिन्धुपाल्चोक पहिरो : मृत्यु भएका ११ को सनाखत, २७ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, साउन ३१ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ।

ज....

सिन्धुपाल्चोक पहिरो : मृत्यु भएका ११ को सनाखत, २७ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, साउन ३१ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन्। पहिरोमा परेका २७ अझै बेपत्ता छन्। पहिरोमा परी मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन्। 

शनिबार बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। रासस

प्रकाशित मिति: १०:३१ बजे, शनिबार, साउन ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्