Kathmandu Press

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं, साउन ३१ : पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भ....

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं, साउन ३१ : पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो। साउन ३० गते शुक्रबार बेलुकी ७ बजे उनको मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालले जनाएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए। उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।

गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएपछि उपचारको क्रमा उनको निधन भएको हो। 
 

प्रकाशित मिति: ०८:५६ बजे, शनिबार, साउन ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्