Kathmandu Press

विचौलिया रोक्ने उपाय खोज्न सर्वोच्चद्वारा न्यायाधीश कार्कीको संयोजकत्वमा समिति गठन

काठमाडाैं, साउन ३० : न्यायलयमा विचौलिया हाबी भएको भन्दै आलोचना बढेपछि सर्वोच्च अदालतले न्यायालयका विचौलियाको खोजी गर्ने भएको छ। 

विचौलि....

विचौलिया रोक्ने उपाय खोज्न सर्वोच्चद्वारा न्यायाधीश कार्कीको संयोजकत्वमा समिति गठन
फाइल

काठमाडाैं, साउन ३० : न्यायलयमा विचौलिया हाबी भएको भन्दै आलोचना बढेपछि सर्वोच्च अदालतले न्यायालयका विचौलियाको खोजी गर्ने भएको छ। 

विचौलियाबाट न्याय सम्पादनमा असर नपुगोस् र उनीहरुमार्फत अदालतमा भित्रिने विकृति विसंगतिको अन्त्य गर्ने उद्देश्यसहित विचौलिया पहिचान गर्न समिति गठन भएको हो। सर्वोच्च अदाललते न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित समिति गठन गरेको छ।
 
समितिमा महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन, सर्वोच्च बार र न्याय परिषद्‍को समेत प्रतिनिधित्व रहेको छ। नेपाल बार एसोसिएसनले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अदालतमा विचौलियाको चलखेल बढेको निष्कर्ष निकालेको थियो। 

बार एसोसिएसनले विचौलियाको चलखेल अन्त्यका लागि प्रभावकारी कदम चाल्न प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको ध्यानाकर्षण गराएको थियो। बारको ध्यानाकर्षणपछि प्रधानन्यायाधीश राणाले विचौलियाको पहिचानका लागि न्यायाधीश कार्कीको संयोजकत्वमा समिति गठन गरेका हुन्।

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्