जसपाका सांसद डा. यादवलाई कोरोना संक्रमण
काठमाडौं, साउन ३० : जनता समाजवादी पार्टी, नेपालका संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रादेशिक अस्पता....

काठमाडौं, साउन ३० : जनता समाजवादी पार्टी, नेपालका संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा बिहीबार गरिएको परीक्षणमा डा. यादवलाई कोरोना पुष्टि भएको हो। ६४ वर्षीय यादव सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।
जनकपुरधाममा निजी क्लिनिक सञ्चालन गर्दै आएका उनले आफूलाई आफ्नो क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट कोरोना सरेको बताए।
उपचारका लागि क्लिनिक आएका ती बालकमा कोरोना पुष्टि भएको थियो। त्यसपछि ९ दिनसम्म आइसोलेसनमा बसेको र स्वाब परीक्षण गर्दा बिहीबार राति कोरोना पुष्टि भएको उनले बताए।
सांसद यादवले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन्।











