निजी अस्पताललाई सरकारको निर्देशन : २० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउनू
काठमाडौं, साउन ३० : देशभरका निजी अस्पतालहरुले २० प्रतिशत बेड कोरोना संक्रमितको बिरामीको उपचारको लागि छुट्याउनुपर्ने भएको छ।
स्वास....

काठमाडौं, साउन ३० : देशभरका निजी अस्पतालहरुले २० प्रतिशत बेड कोरोना संक्रमितको बिरामीको उपचारको लागि छुट्याउनुपर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या बढ्दै गएकोले सरकारले तोकेको अस्पतालमा मात्र संक्रमितको उपचार सम्भव नभएको भन्दै निजी अस्पतालका २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारको लागि छुट्याउन निर्देशन दिएका हुन्।
उनले कुनैपनि अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि हब अस्पतालको संयोजकत्वमा सोही अस्पतालमा नै उपचार गर्न अनुरोध समेत गरेका छन्।
साथै उपत्यका भित्रका कुनैपनि अस्पतालमा शल्यक्रिया गर्नु परेमा हब अस्पतालको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन प्राप्त भएको हुनपर्ने उनले बताए।











