कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो
काठमाडौं, साउन ३० : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प....

काठमाडौं, साउन ३० : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको जानकारी दिए।
उनका अनुसार कोरोनाको संक्रमणबाट मोरङको विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुष, सिराहको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुष, बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका ५० वर्षीय पुरुष र बाराकै प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ।
प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











