Kathmandu Press

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं, साउन ३० : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

अपहरण तथा शरीर बन्धक ....

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं, साउन ३० : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरको अभियोगमा अध्यक्ष खड्कालाई शुक्रबार सदरमुकाम मन्थलीबाट पक्राउ गरिएको रामेछाप प्रहरी प्रमुख (डीएसपी) वसन्त पाठकले जानकारी दिए। 

डीएसपी पाठकका अनुसार पक्राउ परेका गाउँपालिका अध्यक्ष खड्कामाथि उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको अभियोग छ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खड्का तत्कालीन एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन्।
 
प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्