दाङमा साँझ ७ बजेपछि सवारी चलाउन र हिँडडुल गर्न प्रतिबन्ध
घोराही, साउन ३० : दाङमा साँझ सात बजेपछि सवारीसाधन चलाउन र हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्....

घोराही, साउन ३० : दाङमा साँझ सात बजेपछि सवारीसाधन चलाउन र हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार घोराहीमा बसेको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी साँझ ७ बजेपछि बिहान ५ बजेसम्म सवारी चलाउन र हिँडडुल गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
कोरोना संक्रमित बढ्न थालेको र बजारमा भिडभाड हुन थालेपछि त्यसलाई मध्यनगर गर्दै साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन तथा हिँडडुल गर्न प्रतिबन्ध लगाउने निर्णय बैठकले गरेको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
यस्तै, बैठकले तीजमा भेला भएर नाचगान गर्न र मन्दिरमा जान समेत प्रतिबन्ध लगाउने निर्णय गरेको उनले जानकारी दिए। उनका अनुसार प्रतिबन्ध भदौ १ गतेदेखि ८ गतेसम्म लागू हुनेछ।











