Kathmandu Press

रौतहटको गाैर नगरपालिकाका ८ कर्मचारीसहित २४ जना कोरोना संक्रमण

गाैर, साउन ३० : रौतहटमा थप २४ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको छ।

शुक्रबार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण....

रौतहटको गाैर नगरपालिकाका ८ कर्मचारीसहित २४ जना कोरोना संक्रमण
फाइल

गाैर, साउन ३० : रौतहटमा थप २४ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको छ।

शुक्रबार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गौरका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए। 

उनका अनुसार संक्रमितहरु गौर नगरपालिकाका ८ जना कर्मचारीसहित १७ जनामा, परोहा नगरपालिकामा ४ जना,  देबाही गोनाही, चन्द्रपुर र गढीमाई नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १४ सय १५ पुगेको छ। संक्रमितमध्ये १३ सय २७ जना निको भएर घर फर्किसकेका छन्। 

प्रकाशित मिति: १५:१३ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्