Kathmandu Press

रुपन्देहीमा थप ११ जनामा कोरोनाको संक्रमण पुष्टि

बुटवल, साउन ३० : रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शुक्रबार नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणमा थप ११ ....

रुपन्देहीमा थप ११ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

बुटवल, साउन ३० : रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शुक्रबार नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरु बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिकाका ६ जना रहेका छन्।

योसंगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय १७ पुगेको छ। संक्रमितमध्ये ३२८ जना निको भएर घर फर्किएका छन् भने ७७ जनाको अस्पतालमा उपचार भइरहेको छ।
 
प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्