Kathmandu Press

सिन्धुलीमा दुई सैनिकसहित १३ जनामा कोरोना संक्रमण

सिन्धुली, साउन ३० : दुई जना सैनिकसहित सिन्धुलीमा १३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज आएको रिपोर्टमा १३ जनालाई कोरोना देखिएको सिन्....

सिन्धुलीमा दुई सैनिकसहित १३ जनामा कोरोना संक्रमण

सिन्धुली, साउन ३० : दुई जना सैनिकसहित सिन्धुलीमा १३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज आएको रिपोर्टमा १३ जनालाई कोरोना देखिएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले बताए। समुदायमा कोरोना देखिएपछि एक सय ८८ जनाको स्वाब संकलन गरिएको थियो।

उनीहरुको आज रिपोर्ट आएको हो। जसमा १३ जनालाई कोरोना संक्रमण देखिएको हो।

संक्रमण देखिकाहरुमा सात जना क्वारेन्टाइनमा बसेका रहेका छन्। उनीहरु विदेशबाट आएर क्वारेन्टाइनमा बसिरहेका छन्।

त्यस्तै, कमलामाई नगरपालिका ७ का एक जना, पर्यावरण गण रानीवासकाका दुई जना सैनिक, सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी एक जना र कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टाइनमा रहेका तीनमा कोरोना देखिएको हो।

एकै दिन १३ जनामा कोरोना देखिएपछि सिन्धुली अस्पतालमा राख्न समस्या भएको छ। बेड नपुग्दा कहाँ राख्ने भन्ने एकीन नभएको अस्पतालका व्यवस्थापक श्रेष्ठले बताए।

प्रकाशित मिति: १४:४९ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्