Kathmandu Press

वीरगञ्जमा बिहीबार मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३० : बिहीबार बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार आएको रिपोर्ट अ....

वीरगञ्जमा बिहीबार मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३० : बिहीबार बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार आएको रिपोर्ट अनुसार बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

कोरोना संक्रमणको लक्षण देखिएका उनीहरुको नारायणी अस्पतालको आकस्मिक कक्ष र भेन्टिलटरमा उपचार भइरहेको थियो।

उनीहरुको मृत्यु अघिनै स्वाब संकलन गरिएको भएपनि आजमात्र रिपोर्ट आएको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्