व्यापारीमा कोरोना पुष्टि भएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका सबै पसल बन्द
काठमाडौं, साउन ३० : काठमाडौंको न्यूरोड क्षेत्रका एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका पसलहरू बन्द गरिएको छ।  ....

काठमाडौं, साउन ३० : काठमाडौंको न्यूरोड क्षेत्रका एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका पसलहरू बन्द गरिएको छ।
काठमाडौं महानगरपालिका-२४ मा पर्ने न्यूरोडका एक व्यापारीमा संक्रमण पुष्टि भएपछि वडा कार्यालयको निर्देशनमा पसलहरु बन्द गरिएको हो।
७ भदौसम्म त्यस क्षेत्रका सबै पसल बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ। वडा कार्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म अनुरोध गरेको छ।
‘न्यूरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति ०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।











